काठमाडौं । नेपालका लागि दिपल इभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नयाँ प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०५ प्लस नेपाली बजारमा सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ। कम्पनीले यस मोडललाई आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षाको संयोजनका रूपमा प्रस्तुत गरेको छ।

नयाँ एस०५ प्लसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३२० एनएम टर्क उत्पादन गर्छ। रियर ह्विल ड्राइभ प्रणालीयुक्त यो गाडीले एकपटकको पूर्ण चार्जमा ४०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

चार्जिङ क्षमताका हिसाबले पनि गाडी प्रतिस्पर्धी रहेको बताइएको छ। यसमा १५१.५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ, जसको सहायताले करिब १५ मिनेटमै ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

डिजाइनतर्फ, अन्तर्राष्ट्रिय ‘आईएफ डिजाइन अवार्ड २०२५’ प्राप्त यस एसयुभीमा फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल तथा आधुनिक बाह्य संरचना समावेश गरिएको छ, जसले गाडीलाई प्रिमियम र आकर्षक स्वरूप प्रदान गर्छ।

इन्टेरियरमा १५.४ इन्चको फुल एचडी टचस्क्रिन, सोनीका ८ प्रिमियम स्पिकर, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, साथै ६४ रङको एम्बायन्ट लाइटिङ जस्ता सुविधा उपलब्ध छन्।

स्मार्ट फिचरअन्तर्गत ‘रिमोट इन एन्ड आउट’ प्रणाली, १५९ लिटर क्षमताको अगाडिको स्टोरेज (फ्रंक), ४जी तथा ५जी कनेक्टिभिटी र ६ किलोवाट क्षमताको भेहिकल–टु–लोड (V2L) सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। यस सुविधाबाट गाडीको ब्याट्री प्रयोग गरी अन्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ।

सुरक्षाका दृष्टिले पनि एस०५ प्लस सशक्त रहेको कम्पनीको भनाइ छ। गाडीले युरो एनक्यापबाट ५-स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ भने विभिन्न आधुनिक सुरक्षा प्रविधि समावेश गरिएका छन्।

एमएडब्लु वृद्धिका अनुसार दिपल एस०५ प्लसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले आधुनिक, सुरक्षित र प्रविधिमैत्री विद्युतीय सवारी खोज्ने ग्राहकका लागि यो मोडल उपयुक्त विकल्प बन्ने विश्वास व्यक्त गरेको छ। हाल गाडी देशभरका आधिकारिक शोरुमहरूमा बुकिङ तथा खरिदका लागि उपलब्ध रहेको जनाइएको छ।


रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।