काभ्रे। नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा शुभकामना दिने क्रम जारी रहेको छ। यसैक्रममा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा विशेष सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गर्दै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ।

नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष उत्तम केसी, उपाध्यक्ष शिवहरि नेपाल वैरागी र पूजना गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा, सह–कोषाध्यक्ष पवन केसी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।

सम्मानित सदस्यहरूमा इन्द्र दोडा खम्बे, चन्द्रकला राई, लभली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल, चन्द्रकुमारी, दमन रुपाखेती, नवीन श्रेष्ठ, सुलेमान शंकर ‘इकु’, छुल्टिम गुरुङ, रस्मी भट्टलगायत रहेका थिए। कार्यक्रममा वक्ताहरूले नवगठित कार्यसमितिले नेपाली चलचित्र क्षेत्रको व्यावसायिक विकास, कलाकारहरूको हकहित संरक्षण तथा चलचित्र उद्योगको समग्र उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मधुकुमार श्रेष्ठ उपस्थित थिए। उनले कलाकारहरू राष्ट्रको सांस्कृतिक पहिचानका संवाहक भएको उल्लेख गर्दै चलचित्र क्षेत्रको विकासका लागि राज्यबाट थप प्रभावकारी नीति तथा सहयोग आवश्यक रहेको बताए।

विशेष अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नेपाल चलचित्र कलाकार संघका संरक्षक बसुन्धरा भुसाल, निवर्तमान अध्यक्ष मोहन निरौला तथा संस्थापक एवं प्रथम निर्वाचित अध्यक्ष रवीन्द्र खड्काको उपस्थिति रहेको थियो।

सो अवसरमा पनौती नगरपालिकाले पनि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको थियो। नगरपालिकाले कलाकारहरूको योगदानको उच्च मूल्यांकन गर्दै चलचित्र क्षेत्र र स्थानीय सरकारबीच सहकार्यको आवश्यकता औंल्याएको थियो।

कार्यक्रमको सञ्चालन घनश्याम खतिवडाले गरेका थिए। कार्यक्रममा चलचित्र तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा अनुशासन समिति संयोजक तथा द्वन्द्व संघका अध्यक्ष नारायण प्रधान, कानुनी सल्लाहकार अधिवक्ता कृष्ण ढुङ्गाना, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, नायिका शर्मिला मल्ल, रेजिना उप्रेती, विमला केसी, आरपी पन्त, चेतनारायण भुसाल, राजेश बिसुराल, दुर्गा बिसुराल, दुर्गा नेपाल, सलिना कटुवाल, सरु उप्रेती, रोहित रुम्बा, संजोग राना, राजु साही, गंगा पोखरेल, टंक पौडेल, संजय खतिवडा, महेन्द्र थापा, श्यामकृष्ण पराजुलीलगायतको उपस्थिति रहेको थियो।

यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई स्थानीय तहहरूले समेत सम्मान गर्ने क्रम जारी रहेको छ। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पनि आ–आफ्ना नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरी कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरेका छन्।

हालै सम्पन्न नेपाल चलचित्र कलाकार संघको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वलाई सरकारी निकाय, स्थानीय तह, चलचित्रसम्बद्ध संस्था तथा कलाकार समुदायबाट निरन्तर सम्मान र शुभकामना प्राप्त हुनु नेपाली चलचित्र क्षेत्रप्रतिको बढ्दो सम्मान र अपेक्षाको संकेतका रूपमा हेरिएको छ।

संघका अध्यक्ष उत्तम केसीले कलाकारहरूको पेशागत सुरक्षा, सामाजिक सम्मान, क्षमता अभिवृद्धि तथा चलचित्र उद्योगको संस्थागत विकासमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा सरकारी निकायबीच समन्वय र सहकार्य अझ मजबुत बनाउने बताए।

कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ नेतृत्वले चलचित्र क्षेत्रलाई एकताबद्ध गर्दै सिर्जनात्मक तथा व्यावसायिक उन्नयनको नयाँ अध्याय प्रारम्भ गर्ने अपेक्षा व्यक्त गरेका थिए।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।