सारांश
  • टाइटनले नेपालमा २२औँ वार्षिकोत्सव मनाउँदै बलिउड अभिनेत्री आलिया भट्टलाई नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
  • वार्षिकोत्सवको अवसरमा असार महिनाभर टाइटनका सम्पूर्ण उत्पादनहरूमा ग्राहकहरूलाई २० प्रतिशतसम्म विशेष छुट प्रदान गरिनेछ।
  • नेपालभर हाल १० वटा आउटलेट रहेकोमा सन् २०२६ सम्म थप तीनवटा नयाँ शोरुमहरू विस्तार गर्ने लक्ष्य राखिएको छ।
  • कार्यक्रममा उत्कृष्ट डिलरहरूलाई सम्मान गरिनुका साथै नेपाललाई टाइटनको महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा चर्चा गरियो।


काठमाडौं । विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्रान्ड टाइटनले नेपालमा आफ्नो २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। नेपालमा टाइटनको आधिकारिक वितरक नेपाल ट्रेड नेटवर्क प्रा.लि. (NTN) ले आयोजना गरेको उक्त कार्यक्रममा टाइटन कम्पनीका अन्तर्राष्ट्रिय व्यापार विभागअन्तर्गत सार्क तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलनमार्फत गरिएको थियो। कार्यक्रममा देशभरका करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा कम्पनीका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा टाइटनको नेपालमा दुई दशकभन्दा लामो यात्राको समीक्षा गर्दै आगामी रणनीति तथा विस्तार योजनाबारे जानकारी दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सिन्हाले नेपालमा टाइटन ब्रान्डप्रति उपभोक्ताको विश्वास र आकर्षण निरन्तर बढ्दै गएको बताउनुभयो। उहाँले भारतपछि नेपाल टाइटनका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको उल्लेख गर्दै ग्राहक, डिलर तथा NTN परिवारप्रति आभार व्यक्त गर्नुभयो।

समारोहको मुख्य आकर्षणका रूपमा बलिउड अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटन ब्रान्डको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरिएको छ। कम्पनीका अनुसार भट्टको व्यक्तित्व, आधुनिक सोच तथा युवा पुस्तामाझको प्रभावले ब्रान्डको छविलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

२२औँ वार्षिकोत्सवको अवसरमा असार महिनाभर टाइटनका सम्पूर्ण उत्पादनमा २० प्रतिशतसम्म छुट प्रदान गरिने घोषणा गरिएको छ। कम्पनीले उक्त योजना ग्राहकप्रति कृतज्ञता व्यक्त गर्ने तथा ब्रान्डप्रतिको विश्वास अझ सुदृढ बनाउने उद्देश्यले ल्याएको जनाएको छ।

समारोहमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरलाई सम्मानित गरिएको थियो। साथै, हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्रान्ड आउटलेटका इन्चार्जहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागीहरूलाई “Made In India: A Titan Story” नामक शृङ्खलाबारे जानकारी गराइएको थियो, जसले टाइटन ब्रान्डको स्थापना, नवप्रवर्तन, चुनौती तथा सफलताको प्रेरणादायी यात्रा प्रस्तुत गर्दछ।

नेपाल ट्रेड नेटवर्क प्रा.लि. (NTN) का प्रबन्ध निर्देशक सुनील कुमार अग्रवालले सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीनवटा नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। उहाँले ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने, बिक्रीपछिको सेवालाई सुदृढ गर्ने तथा नयाँ बजारमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हाल टाइटनका नेपालभर दुर्बारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही (दाङ) र पोखरामा गरी १० वटा आउटलेट सञ्चालनमा रहेका छन्। यी आउटलेटमार्फत ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका घडी तथा लाइफस्टाइल उत्पादनहरू सहज रूपमा उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।

सन् २००४ देखि नेपालमा आफ्नो यात्रा सुरु गरेको टाइटनले घडी, स्मार्टवाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादनहरूको क्षेत्रमा आफूलाई एक विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्दै आएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।