सारांश
  • भक्तपुरको त्रिपुरा स्क्वायरमा आयोजित सामुदायिक चित्रकला प्रतियोगितामा तीन उमेर समूहका नौजना बालबालिका पुरस्कृत भएका छन्।
  • प्रतियोगितामा विनम्र श्रेष्ठ, आरभ बन्धु थापा र प्रयत्न गैंजू आ-आफ्नो उमेर समूहमा प्रथम स्थान हासिल गर्न सफल भए।
  • बालबालिकाको सिर्जनशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विजेताहरूलाई पुरस्कार वितरण गरे।

भक्तपुर । भक्तपुरस्थित त्रिपुरा स्क्वायरमा आयोजित ‘त्रिपुरा स्क्वायर कम्युनिटी आर्ट कम्पिटिसन’मा विभिन्न तीन उमेर समूहका नौ बालबालिका पुरस्कृत भएका छन्।

त्रिपुरासुन्दरी हाट बजार व्यवस्थापन समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा बालबालिकाले आफ्ना कलात्मक क्षमता र सिर्जनशीलता प्रस्तुत गरेका थिए। स्थानीय समुदायमा कलाप्रति रुचि बढाउने र बालबालिकामा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ५ देखि ८ वर्ष उमेर समूहमा विनम्र श्रेष्ठ प्रथम, स्तुति बैद्य दोस्रो र रिमन कर्माचार्य तेस्रो भए। त्यस्तै, ९ देखि ११ वर्ष उमेर समूहमा आरभ बन्धु थापा प्रथम, विभानी सैंजू दोस्रो र स्वस्रिम सुवाल तेस्रो भए।

यसैगरी, १२ देखि १८ वर्ष उमेर समूहमा प्रयत्न गैंजू प्रथम, नियासा प्रधानङ्ग दोस्रो र कृभिश सैंजू तेस्रो स्थान हासिल गर्न सफल भए।

कार्यक्रममा वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले बालबालिकाको सिर्जनशीलता विकास र स्थानीय कला तथा संस्कृतिको संरक्षणमा यस्ता प्रतियोगिताले योगदान पुर्‍याउने बताए।

कार्यक्रमको सञ्चालनमा समितिका सचिव सचिन बैद्य तथा संयोजनमा कार्यक्रम संयोजक राजु कर्माचार्य सक्रिय थिए।

प्रतियोगिताका विजेता तथा सहभागी सबै बालबालिकालाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय समुदायका सदस्य, अभिभावक तथा कलाप्रेमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।