सारांश
  • मनिष कुमार मिश्र चाडपर्वको समयमा सर्लाहीमा पार्टी संगठन विस्तार र कार्यकर्ता भेटघाटमा सक्रिय देखिएका छन्।
  • उनले विशेष गरी सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरी संगठन सुदृढीकरणमा जोड दिएका छन्।
  • सामाजिक कार्यक्रम र शक्तिपीठहरूको दर्शनसँगै मिश्रले स्थानीय स्तरमा पार्टीको आधार बलियो बनाउने अभियानलाई तीव्रता दिएका छन्।

सर्लाही । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मनिष कुमार मिश्र चाडपर्वको समयमा पनि पार्टी संगठन विस्तार र कार्यकर्ता भेटघाटमा सक्रिय देखिएका छन्। बडादशैंको अवसर पारेर गृहजिल्ला सर्लाही पुगेका मिश्रले नेता, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणसँग भेटघाट गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।

जिल्ला बसाइका क्रममा मिश्रले विभिन्न धार्मिक शक्तिपीठहरूको दर्शन गर्नुका साथै स्थानीयवासीलाई दशैंको शुभकामना आदानप्रदान गरेका छन्। त्यस्तै, विभिन्न उत्सव तथा सामाजिक कार्यक्रममा सहभागी हुँदै नेता, कार्यकर्ता र आम जनसमुदायसँग सम्बन्ध विस्तारलाई निरन्तरता दिएका छन्।

विशेषगरी सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मिश्रको सक्रियता बढेको देखिएको छ। यस क्षेत्रबाट पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार बनेका थिए। मिश्रको समेत बलियो राजनीतिक पकड रहेको मानिने यस क्षेत्रमा उनले पार्टीको संगठन विस्तार र कार्यकर्ताबीचको सम्बन्ध मजबुत बनाउन जोड दिँदै आएका छन्।

नेपाली कांग्रेसमा प्रवेश गरेदेखि नै मधेशमा पार्टीको संगठन बलियो बनाउने अभियानमा सक्रिय रहेका मिश्रले स्थानीय नेता तथा कार्यकर्तासँगको समन्वयलाई प्राथमिकता दिएको देखिन्छ।

चाडपर्वलाई समेत राजनीतिक भेटघाट र संगठन विस्तारको अवसरका रूपमा उपयोग गरेका मिश्रको सक्रियतालाई सर्लाही–४ मा कांग्रेसको संगठन सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

रिभ्यु नेपाल डेस्क
लेखक
रिभ्यु नेपाल डेस्क

रिभ्यु नेपाल डेस्क रिभ्यु नेपालको सम्पादकीय टोली हो। यो टोली नेपाल तथा विश्वभरका पाठकहरूका लागि विश्वसनीय र सटीक समाचार, निष्पक्ष विश्लेषण, प्रविधि सम्बन्धी अपडेट, व्यवसायिक अन्तर्दृष्टि तथा जानकारीमूलक सामग्रीहरू सम्प्रेषण गर्न समर्पित छ। पत्रकारिताको मूल्य–मान्यता र विश्वसनीयता कायम राख्दै समसामयिक विषयहरूमा गहन समाचार सम्प्रेषण, विश्लेषण तथा विविध दृष्टिकोण प्रस्तुत गर्नु यस टोलीको प्रमुख उद्देश्य हो।