काठमाडौं । नेपाली कांग्रेस टोखा नगरपालिका–४ को वडा सभापतिमा विजय सिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार भएको वडा अधिवेशनले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो। अधिवेशनबाट १३ सदस्यीय वडा कार्यसमिति र २३ जना क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन भएका छन्।

निर्वतमान वडा सभापति रवीन्द्र श्रेष्ठको समन्वयमा अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। पार्टीका नेता तथा कार्यकर्ताबीच छलफल र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो।

अधिवेशनबाट रवीन्द्र श्रेष्ठ र सीता पाठक भण्डारी उपसभापतिमा निर्वाचित भएका छन्। खगेन्द्र कुँवर सचिव र कविता न्यौपाने सहसचिवमा चयन भएका छन्।

वडा कार्यसमिति सदस्यमा शिवलाल श्रेष्ठ, कमला लामा, राज श्रेष्ठ, छत्रमाया कार्की, इन्दु बी. राई, मिथिला कुँवर केसी, श्यामशरण श्रेष्ठ र लीलामाया बीके चयन भएका छन्।

वडा कार्यसमितिको नेतृत्व

सभापति: विजय सिंह श्रेष्ठ

उपसभापति: रवीन्द्र श्रेष्ठ, सीता पाठक भण्डारी

सचिव: खगेन्द्र कुँवर

सहसचिव: कविता न्यौपाने

सदस्य: शिवलाल श्रेष्ठ, कमला लामा, राज श्रेष्ठ, छत्रमाया कार्की, इन्दु बी. राई, मिथिला कुँवर केसी, श्यामशरण श्रेष्ठ र लीलामाया बीके

अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन गरेको छ। उनीहरूमा समीक्षा बस्न्यात, रजनी थापा, रामदेवी श्रेष्ठ, आशा लामा, बसन्त श्रेष्ठ, ईश्वर शर्मा ढकाल, सरोज ठकुरी, मोतिमान श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, उमेश श्रेष्ठ, अनामिका भण्डारी, देव नारायण चौधरी, कृष्णकुमार श्रेष्ठ, शंकरदेव श्रेष्ठ, चिरञ्जीवी शर्मा, अमर श्रेष्ठ, अनन्तप्रसाद आचार्य, शुभेना श्रेष्ठ, अमर श्रेष्ठ, पकर श्रेष्ठ, मेघराज तण्डन, मल्लाल श्रेष्ठ र बालकृष्ण श्रेष्ठ छन्।

सभापतिमा निर्वाचित भएपछि विजय सिंह श्रेष्ठले पार्टीका सदस्यहरूलाई एकताबद्ध गर्दै वडा संगठनलाई थप सक्रिय र समावेशी बनाउने बताएका छन्।

अधिवेशनमा सहभागी नेताहरू तथा कार्यकर्ताले सहमतिका आधारमा नेतृत्व चयन हुनु पार्टीभित्रको सहकार्य र एकताको संकेत भएको बताएका छन्।


चिरञ्जीवी शर्मा
लेखक
चिरञ्जीवी शर्मा

चिरञ्जीवी शर्मा काठमाडौंस्थित लेखक तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी सामाजिक, राजनीतिक, वातावरणीय, आध्यात्मिक तथा अन्य समसामयिक विषयहरूमा लेखन गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ।