- तारा अधिकारीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘तिलस्मी’को मुख्य कलाकारहरू समेटिएको आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
- पारिवारिक कथामा आधारित यो चलचित्र आगामी पुस २४ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुने तय भएको छ।
- गीतकार तारा अधिकारीले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दै कथा, निर्माण र निर्देशनको जिम्मेवारी समेत सम्हालेकी छिन्।
- चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्काको मुख्य भूमिका रहेको छ भने कृति इन्टरटेनमेन्टले यसको वितरण गर्दैछ।
काठमाडौं । तारा अधिकारीको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘तिलस्मी’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य कलाकारहरू जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्कालाई फरक शैलीमा प्रस्तुत गरिएको छ। यी तीन पात्रको सम्बन्धलाई झल्काउने पोस्टरले चलचित्रको कथावस्तुप्रति दर्शकमा कौतूहल जगाएको छ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा बनेको यो चलचित्र आगामी पुस २४ गतेदेखि प्रदर्शनमा आउनेछ। पारिवारिक विषयवस्तुमा आधारित यस चलचित्रमा जाहन्वी, सुनिशा र महेशसहित आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन्।
गीतकारका रूपमा परिचित तारा अधिकारीले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेकी हुन्। कथा, निर्माण र निर्देशन तीनटै जिम्मेवारी सम्हालेकी अधिकारीको चलचित्रमा बाबुराम निरौलाले पटकथा तथा संवाद लेखेका छन्।
चलचित्रमा सुमन केसी र किरण कँडेलको संगीत, बिनोद बलको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको छ। ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका हुन् भने कोरियोग्राफी राजीव समरको रहेको छ। चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्दैछन्।
